सुन तोलामा २ हजार ९ सय र चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ९ सयले बढेर २ लाख ९५ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर ४ हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार चाँदी ४ हजार ३ सय ९० रूपैयाँमा खरिदबिक्री भएको थियो ।