एनएमबि बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ ।

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ । बैंकका अनुसार ७ प्रतिशत नगद लाभांशका लागि कुल १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ खर्च हुनेछ ।

त्यस्तै, बैंकले ८.२५ प्रतिशत ‘एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बापत पनि ८.२५ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ । यसअन्तर्गत करसहित १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण हुनेछ । उक्त लाभांश अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि समानुपातिक रूपमा वितरण गरिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेको थियो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।