सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

बुधबार सुन प्रतितोला २ लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला ४ हजार ४ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको महासंघले जनाएको छ ।