बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ८ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ४ हजार ४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ४ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।