सिटिजन्स क्यापिटलको साधारण सभाबाट १३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको रजिस्टर्ड कार्यालय बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालकको नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ ।

यससँगै सिटिजन्स क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने बाटो खुलेको छ ।