सुनको मूल्य स्थिर रह्दा चाँदी भने १५ रुपैयाँले घट्यो
आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा पनि सुन प्रतितोला सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
त्यस्तै आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।