नेप्से २०.४८ अंक ओरालो लाग्दा ३ अर्ब २७ करोडको कारोबार
गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ । गत शुक्रबार घटेर बन्द भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज पनि २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत बढेको छ । त्यस्तै, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशत बढेको छ । कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
सोमबार कारोबारमा आएका मध्य ३२ कम्पनीको मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ त्यस्तै ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।