बलेफी हाइड्रोपावरले खोल्यो बीएचएल इन्भेष्टमेन्ट, २ करोड लगानी प्रतिबद्धता

बीएचएल इन्भेष्टमेन्ट कम्पनीमा हाइड्रोपावरले २ करोड रुपैयाँ लगानी गर्न कबोल गरेकामा सेयर पुँजीबापत १ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले लगानीको दायरा विस्तार गर्न बीएचएल इन्भेष्टमेन्ट लिमिटेड नामको सार्वजनिक कम्पनी स्थापना गरेको छ । हाइड्रोपावरले ५० करोड अधिकृत पुँजी र २ करोड ५० लाख जारी पुँजीको कम्पनी खोलेको हो ।

बीएचएल इन्भेष्टमेन्ट कम्पनीमा हाइड्रोपावरले २ करोड रुपैयाँ लगानी गर्न कबोल गरेकामा सेयर पुँजीबापत १ करोड रुपैयाँ भुक्तानी गरेको छ । बाँकी रकम आवश्यकताअनुसार लगानी गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

बलेफी हाइड्रोपावरले सिन्धुपाल्चोकमा ३६ मेगावाट क्षमताको अपर बलेफी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ । कम्पनीले भविष्यमा नयाँ जलविद्युत आयोजना पहिचान गरी विकास तथा अन्य कम्पनीसँग सहकार्यमा लगानी गर्ने रणनीति अघि सारेको छ ।