कोरला नाकाहुँदै चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा
मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाकाहुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन् । (नेपाल—चीन) कोरला नाकासम्बन्धी जानकारी लिने उद्देश्यले चिनियाँ राजदूत चाङ माओमिङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका हुन् ।
यससम्बन्धी जानकारी दिँदै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ कोरला नाकाहुँदै मुस्ताङ आएको जानकारी दिइन् । ‘चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,’ सीडिओ शर्माले भनिन् । कोरला नाकाबाट लोमान्थाङहुँदै जोमसोम आइसकेपछि बैठक सकेर चिनियाँ राजदूत आज पुनः लोमान्थाङ फर्किने कार्यतालिका रहेको छ । भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरला नाकाहुँदै चीन फर्किने योजना छ ।
गत १० भदौ यता नेपाल—चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रूपमा उभिएको छ । रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक ३० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्नमा योगदान गरेको छ ।