सुन तोलामा २ हजार ९ सय र चाँदी ६० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ९ सयले रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ हजार ९ सयले रुपैयाँले घटेर २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  यसअघि शुक्रबार सुनको प्रतितोला २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ । शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।