नेप्सेमा ११.९० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

आज एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ ।

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ । हिजो स्थिर रहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने ११.९० अंक घटेर २५८७.२५ विन्दुमा पुगेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ । त्यस्तै, १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएको सिन्धु विकास बैंकको सेयरमूल्य आज सर्वाधिक ८.५५ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । सो डिबेञ्चरको २६ करोड ५३ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १५ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । 

१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सबैभन्दा बढी ०.७३ प्रतिशत घटेको छ ।

शुक्रबार कारोबारमा आएका मध्य ६१ कम्पनीको मूल्य बढेको छ भने २०७ कम्पनीको घटेको छ त्यस्तै ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।