पूर्वाधार क्षेत्रमा विदेशी लगानी बढाउन कानूनी र प्रक्रियागत सुधार आवश्यकः सभापति बास्कोटा

उनले लगानी पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन कुनै समस्या नभएपनि कार्यान्वयन प्रक्रियामा रहेका जटिलताले लगानीकर्तालाई निरुत्साहित गरिरहेको बताइन् ।

काठमााडौं ।  कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाकृत रुपमा भित्र्याउन नसकिएको बताएकी छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले लगानी पूर्वाधार क्षेत्रमा लगानी भित्र्याउन कुनै समस्या नभएपनि कार्यान्वयन प्रक्रियामा रहेका जटिलताले लगानीकर्तालाई निरुत्साहित गरिरहेको बताइन् । उनले बास्कोटाले पूर्वाधारको निर्माणको लागि ‘वान स्टेप, ‘वान डोर’ र ‘वान विन्डो’ नीतिको व्यवस्था भएपनि व्यवहारमा त्यसअनुसार सेवा प्रवाह हुन नसकेको बताइन् । उनले लगानीकर्ताले एउटा सरकारी निकायबाट स्वीकृति लिएपछि पुनः अन्य निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न डेटा एकीकरण र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । बास्कोटाले विदेशी प्रत्यक्ष लगानीका क्रममा बैंकिङ तथा नियामकीय प्रक्रियामा देखिएका दोहोरो झन्झटले समेत लगानी प्रभावित भइरहेको बताइन् ।

विदेशी लगानीकर्ताले पटक-पटक व्यक्तिगत विवरण तथा फिङ्गरप्रिन्ट उपलब्ध गराउनुपर्ने प्रक्रियामाथि पुनरावलोकन गर्न जरुरी रहेको उनले बताइन् । उनले कानून निर्माणको उद्देश्य विधायकको मनसाय स्पष्ट रूपमा व्याख्या गरिए कार्यान्वयन गर्ने निकायलाई समेत कानुनको उद्देश्य बुझ्न सहज हुनेतर्फ समेत सबै सचेत हुनुपर्ने उल्लेख गरिन् । उनले कानून कार्यान्वयनको गम्भीर समीक्षा गर्दै सोहीअनुसार सुधारको आवश्यकता रहेको पनि बताइन् ।