सुन तोलामा १ हजार ५ सय र चाँदी २५ रुपैयाँले बढ्यो, यस्तो छ आजको बजार भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार भने सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २५ रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ४२५ रुपैयाँमै कारोबार भएको थियो ।