सरकारको ‘एक्सप्रेस वे’मा हिँडेको गाडी रत्नपार्क र कोटेश्वरको जाममा फसेको छः आर्यन राई
सरकार गन्तव्यमा नपुग्दै रोकिएको उनको टिप्पणी छ । उनले सरकारको गाडी अहिले कोटेश्वर र रत्नपार्कको जाममा फसेको टिप्पणी गरे ।
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकारले कानून निर्माणमा अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाएका हुन् ।
सरकारको ६ महिनाको कामको समीक्षा गर्दै राईले प्रधानमन्त्रीले चितवनमा सरकारको गाडी एक्सप्रेस वेमा हिँडेको र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताएको स्मरण गरे । तर सरकार गन्तव्यमा नपुग्दै रोकिएको उनको टिप्पणी छ । उनले सरकारको गाडी अहिले कोटेश्वर र रत्नपार्कको जाममा फसेको टिप्पणी गरे ।
उनले सरकारले विकास निर्माण र सुशासनको पक्षमा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले विकास सामाजिक सञ्जालको एल्गोरिदममा नभई परिणाममा देखिनुपर्ने बताए।