सुनचाँदीको मूल्य बढ्यो , आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज ९बुधबार० सुन९चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला ३ हजार ८ सय रूपैयाँ घटेको सुनको भाउ आज तोलामा २ हजार ८ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।