जेन-जी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री

विज्ञापन
ncell

मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उनको भनाई छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने उनले दाबी गरे ।

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन-जी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताएका छन् । 

जेन-जी शहीद दिवसका अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले अब गोली चलाउने हिम्मत कसैको नभएको बताए ।

शहीद परिवार, घाइते तथा जेन-जी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । उनले शहीद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गरे । उनले जनताले आफूलाई दिएको जिम्मेवारी ईमानदारीताका साथ पूरा गर्ने दाबी गरे ।

मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उनको भनाई छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने उनले दाबी गरे । उनले सुशासनको जगमा बनेको वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने बताए । 

वर्तमान सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको उनको दाबी छ । हरेक दिन मन्त्रालय प्रवेश गर्दा आफूले जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने आफूमा डर रहने गरेको उनले बताए । सुरक्षाकर्मीको मनोबल बढाउने, जेन-जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको उनको भनाई छ ।