बाढी प्रभावितका लागि नाइमाले गर्‍यो ५० लाख सहयोग

विज्ञापन
ncell

नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सहयोग हस्तान्तरण गरेको एसोसियसनले जनाएको छ ।

अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् । उनले विशेषगरी नाइमाका सदस्य कम्पनीहरूसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको बताइन् । उनले संकट र विपद्का समयमा नाइमा सधैं सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इंक (बीवाईडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजीपलका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो ।