सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार ५ सयले बढेर ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार ५ सयले बढेर ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १ सय रुपैयाँले बढेर ४ हजार ७९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ६९० मा कारोबार भएको थियो ।