तेस्रो पटक चीनबाट राहत सामग्री नेपाल आइपुग्यो

विज्ञापन
ncell

सोही विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ समेत नेपाल आएका छन् ।

काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई-२०'ए'ठूलो क्षमताको मालवाहक विमानमार्फत चीनबाट राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । सोही विमानबाट नेपालका लागि चिनियाँ विज्ञ टोलीको चौथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ समेत नेपाल आएका छन् । उनिहरुले बाढीमा ज्यान गुमाउनुभएकाको पहिचान प्रक्रियामा नेपाललाई सहयोग गर्ने छन् ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए । मन्त्री पुनले चिनियाँ विज्ञ टोलीको स्वागत गरेक थिए । चीनबाट ल्याइएका राहत सामग्रीमा शव राख्ने फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणका सामग्री र दैनिक उपभोग्य वस्तुलगायत नेपालमा तत्काल आवश्यक सामग्री छन् ।

तेस्रो चरणको राहत सामग्रीमा विपद् उद्धार तथा पुनःस्थापनाका लागि नेपाललाई अत्यावश्यक रहेका बेली ब्रिज समेत समावेश छन् । पहिलो चरणमा उपलब्ध गराइने बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी-नेचुङ सीमा नाकामा आइपुगेको जनाइएको छ ।