रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)

विज्ञापन
ncell

गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी रहेको छ ।

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी रहेको छ । बाढीमा परेर ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूसँग वंशाणुगत सम्बन्ध भिडाई सनाखत गर्नका लागि आफन्तहरूले नमूना सङ्कलन गराउन थालेका हुन् । उक्त विनाशकारी प्राकृतिक विपत्तिमा परी हालसम्म १ हजार २ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी अझै बेपत्ता छन् ।

बेपत्ता भएका आफ्ना आफन्तहरूको अवस्था अज्ञात रहँदा परिवारजनमा बेचैनी बढेको छ । विभिन्न अस्पतालमा रहेका बेवारिसे शवहरूमध्ये आफ्ना आफन्त हुनसक्ने आशङ्कामा परिवारका सदस्यहरू डिएनए परीक्षणका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा लामवद्ध भएका छन् ।

प्रहरी अस्पतालकाअनुसार मृतकको पहिचान सुनिश्चित गर्न आफन्तहरूको रगतको नमूना सङ्कलन गरी परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको हो । बाढीमा परी हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई सरकारले निरन्तरता दिइरहेको छ । यद्यपि, फेला परेका शवहरूको पहिचान हुन नसक्दा वैज्ञानिक परीक्षणमार्फत सनाखत गरी परिवारलाई बुझाउने तयारी गरिएको छ ।