हिमालयन ८०–२० को लाभांश घोषणा
म्युचुअल फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले प्रतिफल घोषणा गरेको छ । म्युचुअल फन्डले गत वर्षको नाफाबाट इकाईधनीहरुलाई करसहित १५ प्रतिशतका नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ १७ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
