एकैदिन ८ हजार ८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ८ हजार ८ सयले घटेर २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मस्ल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले घटेर ४ हजार ५८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७६५ मा कारोबार भएको थियो ।
