प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग

विज्ञापन
ncell

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारद्वारा सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको नागरिक लगानी कोषले जनाएको छ ।

काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण मानवीय र भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले उक्त रकम सहयोग गरेको जनाएको छ ।

सोमबार आयोजित कार्यक्रममा नागरिक लगानी कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारद्वारा सञ्चालन गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको नागरिक लगानी कोषले जनाएको छ ।

विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र र विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक लगानी कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

नागरिक लगानी कोषले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।