रसुवा बाढीमा परी ज्यान गुमाएकाको पशुपति आर्यघाट निःशुल्क दाहसंस्कार गरिने

विज्ञापन
ncell

पशुपति क्षेत्र विकास कोषले विपद्का कारण निधन भएकाका परिवारलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको हो ।

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले विपद्का कारण निधन भएकाका परिवारलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको हो ।

पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार रसुवा बाढीमा परी निधन भएकाको दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था कोषले मिलाएको छ । निःशुल्क दाहसंस्कारसम्बन्धी समन्वय तथा व्यवस्थापनका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न कोषले आग्रह गरेको छ । वैद्यलाई ९८४१२२९९९४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

दाहसंस्कारसम्बन्धी थप जानकारी तथा आवश्यक समन्वयका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा समेत सम्पर्क गर्न सकिने कोषले जनाएको छ ।

विपद्को यस दुःखद घडीमा पीडित परिवारलाई सहयोग पुर्‍याउँदै मानवीय भावना र सहकार्यलाई बलियो बनाउने उद्देश्यले निःशुल्क दाहसंस्कारको सेवा सुरु गरिएको सदस्य भण्डारीले बताए ।