निफ्राले घोषणा गर्यो लाभांश
भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित रकममा लाभांश करसमेत समावेश छ ।
नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
