मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रतिफल घोषणा, बुकक्लोज कहिले?

विज्ञापन
ncell

साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौँ । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड-१ को लाभांश घोषणा गरिएको छ । क्यापिटलले इकाईधनीहरुलाई कर सहित २.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ११ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  

साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन् ।