रसुवा बाढीपीडितका लागि चीनले पठायो ५० टन राहत सामग्री र सुरुङ उद्धार टोली

विज्ञापन
ncell

चिनियाँ वायुसेनाका दुई वटा ‘वाई-२०’ सैन्य ढुवानी विमानमार्फत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ हजार २ सय थान आपत्कालीन राहत सामग्री ल्याइएको हो । सामग्रीमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत रहेका छन् ।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि चीन सरकारले ५० टन राहत सामग्री र चार जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको छ ।

चिनियाँ वायुसेनाका दुई वटा ‘वाई-२०’ सैन्य ढुवानी विमानमार्फत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ हजार २ सय थान आपत्कालीन राहत सामग्री ल्याइएको हो । सामग्रीमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत रहेका छन् ।

जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको खबरपछि अत्याधुनिक उपकरणसहित आएका चिनियाँ तथा भारतीय सुरुङ उद्धार टोली नेपाली सेनाको समन्वयमा खोजी तथा उद्धारमा खटिएका छन् ।

बाढीबाट बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएका छन् ।