रसुवा बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख रुपैयाँ सहयोग
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरेको हो ।
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरेको हो ।
हालैको अविरल वर्षा र बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकको खोजी, उद्धार, तत्काल राहत वितरण र दीर्घकालीन पुनःस्थापनाका कार्यमा टेवा पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
