सानिमा बैंकका सेयरधनीलाई १० प्रतिशत नगद लाभांश

विज्ञापन
ncell

बैंकले साधारण सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२र०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंकले साधारण सेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ। 

बैंकको साधारण सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ छ। प्रस्तावित लाभांशअनुसार साधारण सेयरधनीले कुल १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश पाउनेछन् । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ । साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन् ।