विद्युत् पुनर्स्थापनाका लागि प्राधिकरणको उच्चस्तरीय टोली फिल्डमा
टोलीले उद्धार समन्वय तथा विद्युत् सेवा पुनर्स्थापनाका लागि स्थलगत निरीक्षण गरिरहेको छ । प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनाको अवस्था बुझ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा पुगेको छ ।
टोलीले उद्धार समन्वय तथा विद्युत् सेवा पुनर्स्थापनाका लागि स्थलगत निरीक्षण गरिरहेको छ । प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्ने काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटका केही क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ भने अन्य क्षेत्रमा पनि प्राविधिक तयारी भइरहेको छ । यस्तै, रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ ।