नेपाल-चीन सीमामा बाढीपहिरो: उद्धारमा खटिन चिनियाँ राष्ट्रपतिको निर्देशन

विज्ञापन
ncell

चीनका राष्ट्रपति सी जिनपिङले नेपाल-चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् ।

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल-चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् ।

राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएको समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्ह्वालाई उद्धृत गर्दै लेखेको छ। बाढी पहिरोका कारण दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाकामा क्षति पुगेको छ । समाचार अनुसार सीमा क्षेत्रको चिनियाँ बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ ।