मुक्तिनाथ विकास बैंकको नाडा लक्षित अटो लोन योजना, ५.५४% ब्याजदरमै कर्जा
बैंकका अनुसार नाडा अटो शोका अवसरमा ल्याइएको उक्त योजनामा ग्राहकले बेस रेटमै विशेष ब्याजदर सुविधा पाउनेछन् । यो विशेष योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वार्षिक ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको हो ।
बैंकका अनुसार नाडा अटो शोका अवसरमा ल्याइएको उक्त योजनामा ग्राहकले बेस रेटमै विशेष ब्याजदर सुविधा पाउनेछन् । यो विशेष योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ । त्यसपछि भने कर्जामा बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ ।
योजनाअन्तर्गत कर्जा आवेदनसँगै आवश्यक सम्पूर्ण कागजात पूरा भएका ग्राहकलाई बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिदका लागि छिटो र सहज रूपमा वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ ।
मुक्तिनाथ विकास बैंकले यो अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखाबाट उपलब्ध गराउने जनाएको छ । नाडा अटो शोमा सहभागी भई नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले विशेष ब्याजदरमा उपलब्ध यो योजनाबाट लाभ लिन सक्ने बैंकको भनाइ छ । बैंकले ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न समयमा विशेष कर्जा योजनाहरू ल्याउँदै आएको जनाएको छ ।
