गृहमन्त्रालयमा गरिमाका आमा-बुबासँग छलफल

विज्ञापन
ncell

गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयका अधिकारीहरूले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग घटनाबारे तथा न्यायका लागि भइरहेका पहलका विषयमा छलफल गरिरहेका छन् ।

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको न्यायको मागलाई लिएर उनका आमा-बुबा र सरकारी पक्षबीच गृहमन्त्रालयमा छलफल सुरु भएको छ ।

गृहमन्त्री सुधन गुरुङसहित मन्त्रालयका अधिकारीहरूले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग घटनाबारे तथा न्यायका लागि भइरहेका पहलका विषयमा छलफल गरिरहेका छन् ।

छलफलमा सहभागी हुन गरिमाका आमा-बा आजै सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन् । उनीहरूसँगै केही स्थानीय अभियन्ता पनि काठमाडौं आएका छन् ।

छलफलका क्रममा कृषिमन्त्री गीता चौधरीसमेत गृहमन्त्रालयमा उपस्थित छन् । गरिमाका लागि न्यायको माग गर्दै बारा, काठमाडौंलगायत विभिन्न जिल्लामा प्रदर्शन तथा दबाबमूलक कार्यक्रमहरू जारी छन् ।