फ्लेम अवार्ड्समा एनडीपीएलको शानदार सफलता, दुई स्वर्णसहित चार अवार्ड

विज्ञापन
ncell

नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान हात पारेको छ । कम्पनीका ‘मेरो खुकुरी’, न्युडको ‘जस्ट बी यु’ र ‘पोखरा फ्ल्यास मोब’ अभियानले दुई स्वर्ण, एक ग्रान्ड प्रिक्स र एक रजतसहित चार अवार्ड जितेका हुन् ।

काठमाडौं । नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान हात पारेको छ । कम्पनीका ‘मेरो खुकुरी’, न्युडको ‘जस्ट बी यु’ र ‘पोखरा फ्ल्यास मोब’ अभियानले दुई स्वर्ण, एक ग्रान्ड प्रिक्स र एक रजतसहित चार अवार्ड जितेका हुन् ।

भारतको नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा दक्षिण एसियाभरका अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, उपभोक्ता संलग्नता तथा नवीनताका क्षेत्रमा उत्कृष्ट कामलाई सम्मान गरिएको थियो । एनडीपीएलका यी अभियानको सिर्जनात्मक एजेन्सी आउटरीच नेपाल रहेको छ ।

अवार्डअन्तर्गत ‘मेरो खुकुरी’ अभियानले दक्षिण एसिया इमर्जिङ मार्केट अभियान र दक्षिण एसिया लास्ट–माइल इनोभेसन विधामा गरी दुई स्वर्ण जितेको छ । त्यस्तै, न्युडको ‘जस्ट बी यु’ अभियानले प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स प्राप्त गरेको छ भने ‘पोखरा फ्ल्यास मोब’ले दक्षिण एसिया स्मल बजेट क्याम्पेन विधामा रजत अवार्ड जितेको छ ।

‘मेरो खुकुरी’ अभियान पुस्तौंदेखि उपभोक्तासँग कायम रहेको ब्रान्डको सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको थियो । अभियानले उपभोक्ताको अपनत्व र आफ्नोपनको भावनालाई ब्रान्डको कथासँग जोड्दै अर्थपूर्ण सहभागिता सिर्जना गरेको थियो ।

त्यस्तै, न्युडको ‘जस्ट बी यु’ अभियान व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्मअभिव्यक्तिको अवधारणामा आधारित थियो । स्पष्ट ब्रान्ड विश्वासलाई साहसी तथा सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमा प्रस्तुत गरेको उक्त अभियानले दक्षिण एसियाकै सर्वोच्च सम्मान ग्रान्ड प्रिक्स जितेको हो ।

एनडीपीएलले यी सम्मानलाई नेपाली ब्रान्ड निर्माण, सिर्जनशीलता र अन्तर्राष्ट्रियस्तरमा नेपाली विज्ञापन तथा मार्केटिङ क्षेत्रको पहिचान विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।