राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले शपथसँगै गरे पदबहाली

विज्ञापन
ncell

शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै पदबहाली गरेका छन् । रावलले राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए । डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको आएका थिए । राष्ट्र बैंकभित्रकै लामो अनुभवसहित उनी डेपुटी गभर्नरको जिम्मेवारीमा पुगेका हुन् ।