चार दिनको गिरावटपछि नेप्से ७.१७ अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि

विज्ञापन
ncell

बिहीबार नेप्से परिसूचक ७.१७ अंक बढेर २६२९.४० विन्दुमा पुगेको छ । आज पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौँ । बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ । पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्से, आज भने सकारात्मक भएर बन्द भएको हो । 

बिहीबार नेप्से परिसूचक ७.१७ अंक बढेर २६२९.४० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ ।  नेप्सेसँगै आज कारोबार रकममा पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४० करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

आज पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माउन्ट एभरेष्ट पावरको सेयरमूल्य निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको सेयर निरन्तर छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

कारोबारमा आएको कुमारी धनवृद्धि योजनाको इकाईमूल्य आज सर्वाधिक ९.७७ प्रतिशत घटेको छ ।  कारोबार रकमका आधारमा आज नौ वर्षे एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५० करोड ६५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ । 

बिहिबार कारोबारमा आएका मध्य १३२ कम्पनीको सेयरभाउ बढेको छ भने १३२ कम्पनीको सेयरभाउ घटेको छ। त्यस्तै १३ कम्पनीको सेयरभाउ स्थिर रहेको छ ।