नेप्से सामान्य अंक घट्यो, कारोबार रकम ३ अर्ब २९ करोडमा सीमित
मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २९ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सामान्य अंक घटेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन बुधबाबार नेप्से ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा झरेको छ ।
नेप्से सँगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २९ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बजार घट्दा बुधबार पछिल्लो साढे एक महिनायताकै न्यून सेयर किनबेच भएको छ। बजारमा यसअघि असार १६ गते ३ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज पनि सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
आज मनकामना इन्जिनियरिङका सेयरधनीहरुले सर्वाधिक ८.४५ प्रतिशतका दरले गुमाएका छन् ।
आज साहस ऊर्जाको सबैभन्दा धेरै १७ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार भएका उपसमूहमध्ये वाणिज्य बैंक, जलविद्युत्, निर्जीवन बीमा, व्यापार र अन्य समूह बढेका छन् । बाँकी उपसमूह घटेका छन् ।
बुधबार कारोबारमा आएका मध्य ११० कम्पनीको सेयरभाउ बढेको छ भने १५० कम्पनीको सेयरभाउ घटेको छ। त्यस्तै १८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ ।
