नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे ५ अर्ब माथि

विज्ञापन
ncell

सोमबार कारोबार आएका मध्य ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ ।

काठमाडौँ । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार सामान्य अंकले घटेको छ । साताको पहिलो कारोबार दिन नेप्से २.२५ अंक घटेर २६४१.५८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ । 

नेप्से घटेपनि सोमबार कारोबार रकम भने बढेको छ । गत शुक्रबार ४ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।   सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ६.६३ प्रतिशत घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै सोलु हाइड्रोको ३८ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

१३ उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य अंक बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशत घटेको छ।

सोमबार कारोबार आएका मध्य ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ ।