राष्ट्रपति पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञापन
ncell

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, गतिविधि तथा विभिन्न विषयमा गरेका पहललगायतका विवरण समेटिएको छ । संविधानअनुसार संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।