खराव कर्जा ५ प्रतिशत तलै राखेको गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशत बढ्यो, अरु सूचक कस्ता ?
बैंकको ऋण असुलीमा भएको सुधार, खुद ब्याज आम्दानीमा देखिएको बृद्धि र जोखिम व्यवस्थापनमा गरिएको सुधारले इम्पेरमेन्ट चार्ज घटेकाले नाफामा बृद्धि देखिएको हो । २०८२ असारमा ६४ करोड ७० लाख इम्पेरमेन्ट चार्ज रहेकोमा २०८३ असारमा घटेर ४ करोड ९० लाख रुपैयाँमा सीमित गरेको छ । गरिमाले ब्याज आद्यानीमा पनि ५.६४ प्रतिशतको बृद्धि गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको १ अर्ब २४ करोड ७६ लाख रुपैयाँको तुलनामा ३५.३४ प्रतिशतले बढी हो । यसअवधिमा बैंकको खराब कर्जा (एनपीएल) ४.७६ प्रतिशत मात्रै छ ।
बैंकको ऋण असुलीमा भएको सुधार, खुद ब्याज आम्दानीमा देखिएको बृद्धि र जोखिम व्यवस्थापनमा गरिएको सुधारले इम्पेरमेन्ट चार्ज घटेकाले नाफामा बृद्धि देखिएको हो । २०८२ असारमा ६४ करोड ७० लाख इम्पेरमेन्ट चार्ज रहेकोमा २०८३ असारमा घटेर ४ करोड ९० लाख रुपैयाँमा सीमित गरेको छ । गरिमाले ब्याज आद्यानीमा पनि ५.६४ प्रतिशतको बृद्धि गरेको छ । २०८२ असारमा २०८३ असारमा ३ अर्ब ६१ करोड २० लाख रुर्पैयाँ ख्द व्याज आम्दानी गरेको गरिमाले २०८३ असारमा ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गरिमाका सञ्चालन नाफा भने ४२.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २०८३ असारमा २८ रुपैयाँ ४ पैसा पुगेको छ । वित्तीय विवरणआनुसार कुल वितरणयोग्य नाफा भने सामन्य घटेको छ । नियमनकारी समायोजनहरूपश्चात् २०८२ असारमा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ रहेको खुद वितरणयोग्य नाफा २०८३ असारमा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । यसबाट बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १४ लाख रुपैयाँ छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ छ । बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरि ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्तिको आकार ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
