लगानी बोर्डको सीईओमा यांकी उक्याबलाई नियुक्त गर्ने सरकारको निर्णय

विज्ञापन
ncell

काठमाडौं । सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्थशास्त्री यांकी उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित सिफारिस समितिले ८ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । जसमा महाराजगञ्जकी याङ्की उक्याब पनि थिइन् । सरकारले बनाएको सीईओ सिफारिस समितिले बोर्डको सीईओ नियुक्तिका लागि जेठ २९ मा प्रक्रिया सुरू गरेको थियो ।