इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामथ्र्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरे । ‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर) मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उनले भनेका छन् ।
