घुससहित ललितपुर मालपोतका ३ नासु र २ जना लेखनदास पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालयका तीन कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरूलाई एक होटलबाट पक्राउ गरिएको हो ।

सो कार्यलयमा कार्यरत नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर र लेखापढी व्यवसायी ९लेखन्दास० हरु शैलेन्द्र रानामगर र समिर कटवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराउने कामको लागि सेवाग्राहीलाई दुस्ख हैरानी दिई घुसररिसवत माग गरेको अख्तियारले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको २४ हजार ८९० रूपैयाँ बरामद भएको छ ।