हिमपहिरोमा परेर बेपत्ता निर्मल पुर्जासहित ६ जनाको खोजी अभियान पुनःसुरु

विज्ञापन
ncell

मौसमका कारण शुक्रबार साँझ स्थगित भएको खोजी तथा उद्धार कार्य आज बिहानैबाट पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८ हजार ४७ मिटर) मा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ ।

मौसमका कारण शुक्रबार साँझ स्थगित भएको खोजी तथा उद्धार कार्य आज बिहानैबाट पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । गिलगिट-बाल्टिस्तान प्रहरीका प्रवक्ताका अनुसार उच्च हिमाली भरिया (हाइअल्टिच्युड पोर्टर) तथा उद्धार टोलीले बेपत्ता आरोहीहरूको खोजी जारी राखेका हुन् ।

बिहीबार ब्रोड पिकमा आएको हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक चिनियाँ र एक अमेरिकी गरी १० जना आरोही बेपत्ता भएका थिए। हालसम्म चार जनाको शव फेला परेको पुष्टि भइसकेको छ ।