मुग्लिन-नारायणगढखण्ड रातिका लागि बन्द, देशभरका कुन कुन सडकमा छ समस्या

विज्ञापन
ncell

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौं । निरन्तर सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको हो ।

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर चलिरहेकाले रातिको समयमा सवारी साधन चल्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई ध्यान दिएर राति सवारी आवगमन बन्द गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयले नारायणगढ-मुग्लिन सडकसहित देशभरका विभन्न ८ स्थानमा बाटो अवरुद्ध भएको जनाएको छ । प्रहरी साँझ १८ः२० बजे जारी सूचनाअनुसार अरनिको, मेची, विपी राजमार्गलयात धेरै स्थानका बाटोमा समस्या रहेको जनाएको छ । 


यस्तो प्रहरीले बाटो अवरुद्ध सम्वन्धि जारी गरेको सूचना :- मिति २०८३।०४।१२ गते १८:२० बजे सम्म ।

१.जिल्ला चितवन मुग्लिङ नारायणगढ सडक खण्ड रातिको समयमा बन्द हुने

मिति २०८३।०४।१२ गते २०:०० बजे बाट २०८३।०४।१३ गते बिहान ०५:०० बजे सम्म राजमार्ग बन्द हुने 

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत सुख्खा पहिरो खस्ने क्रम निरन्तर भइरहेको ले सम्पुर्ण सावारी साधनहरु लाई आवतजावतमा रोक लगाइएको ।

२. जि. काभ्रेपलाञ्चोक / सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरू (वि.पि. राजमार्ग) सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको ।

जि. काभ्रे / खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने वि.पि. राजमार्ग सडक खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै मिति २०८२।०२।२२ गते बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको । बिहान ०४:०० बजे देखि बेलुका १८:०० बजे सम्म सम्पूर्ण सवारी साधनहरु सुचारु हुने ।

३.जि.मकवानपुर कान्ति लोकपथ बर्षातको कारण सबै किसिमका सवारी साधनहरुलाई रातिको समयमा रोक लगाईएको ।

मिति २०८२।०३।१८ गते बेलुका १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाइएको । 

४. जि. इलाम मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध ।

मिति २०८३।०३।२३ गते १०:०० बजेको समयमा जिल्ला इलाम, इलाम न.पा.-९, राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण बाटो हिलो भई सवारी साधन आवतजावत गर्न नसक्ने भएकोले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको (उक्त स्थानमा वैकल्पिक बाटो रहेको)

५. जि. सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।

(क) मिति २०८३।०३।३१ गते ०८:३० बजे भोटेकोशी गा.पा.-४, जिरोकिलो अरनिको राजमार्गमा  सडक माथिबाट पहिरो खसी  बाटो पूर्ण रूपमा अवरुद्ध भएको ।

(ख) मिति २०८३।०४।०१ गते ११:०० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. २ कोदारी स्थित अरनिको राजमार्गमा ईकु पहिरोमा सडक माथिबाट ढुङ्गा माटो सहित लेदो खसि पूर्ण रूपमा अवरुद्ध भएको ।

६. जि.दोलखा लामासाघु-रामेछाप राजमार्ग पुर्ण रुपमा पूर्ण रूपमा अवरुद्ध ।

मिति २०८३।०४। ०७ अं. ००;१० बजेको समयमा अबिरल बर्षाको कारण जि. दोलखा तामाकोशी गा.पा. ५ किर्नेटार स्थित लामासाघु-रामेछाप राजमार्ग सडक खण्डमा सामाकोशी खोलाको पानीको बहाव बढी कटान गरि सडक खण्ड पुर्ण रुपमा अवरोध भएको । (ऐ.१०:३० बजे खिम्ती ग्रामिण बिधुत सहकारी संस्थाको कार्यालयको परिषरबाट बैकल्पिक बाटो खुलाइएको ।)

७. जि. रसुवा पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा पूर्ण रूपमा अवरुद्ध ।

मिति २०८३।०४।०८ गते अं. ०८:०० बजेको समयमा जिल्ला रसुवा उत्तरगया गा.पा. वडा नं. ५ खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेशी जाने कच्ची सडक खण्डमा त्रिशुली नदीले सडक मुनीबाट कटान गरी पूर्ण रुपमा अवरुद्ध भएको ।

८.जि. ललितपुर  कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।

मिति २०८३।०४।१२ गते ०५:३५ बजेको समयमा जिल्ला ललितपुर बागमती गा.पा. ०३ पाङदुर स्थित माथीबाट सुख्खा पहिरो गई कान्तिलोकपथ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको ।