अर्थमन्त्रीको सक्रियता सँगै सेयर बजार फेरी ओरालो, प्रधानमन्त्री र अर्थमन्त्री बिच खटपटको झल्को

विज्ञापन
ncell

६ दिनपछि नेप्से फेरी २७ सयमुनि, कारोबार रकम साढे ४ अर्बमा खुम्चियो

अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाह प्रति लक्षित गर्दै आफसले अहिले सम्म एक जना पनि सल्लाहकार नराखेको टिप्पणी गरेको थिए । यसबाट पनि अर्थमन्त्री र प्रधानमन्त्री बिच दरार रहेको झल्को दिन्छ । यही दरारको असर सेयर बजारमा परेको हुन सक्छ ।

काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सक्रियता बढेसँगै सेयर बजारमा नकारात्मक 'भाइव्स' पैदा भएको छ । सोमबार पुँजीबजारको नियमक निकाय नेपाल धितोपत्र बोर्डमा अर्थमन्त्री वाग्ले पुगेसँगै सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८ अंकले घटेको थियो । आज मंगलबार अर्थमन्त्रीले विभिन्न क्षेत्रका उद्योग व्यवसायीलाई भेट्ने कार्यक्रम ३ बजेका लागि तय भएको भए पनि ३ बजे बजार बन्द हुँदा नेप्से ४.६४ अंकले घट्यो । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि हरेक पटक उद्योगी व्यवसायीलाई भेट्दा नेप्से सुचक ओरालो लाग्ने गरेको थियो । त्यही सिलसिला फेरी अर्थमन्त्री वाग्लेको हकमा पनि देखिएको छ । खासगरि अर्थमन्त्री र प्रधानमन्त्री शाह बिच द्धन्द्ध रहेको चर्चा रहेको बेला बजारले नकारात्मक दिशा समाउने गरेको छ । यद्यपि सोमबारको राजश्व समीक्षा बैठकमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाह प्रति लक्षित गर्दै आफसले अहिले सम्म एक जना पनि सल्लाहकार नराखेको टिप्पणी गरेको थिए । यसबाट पनि अर्थमन्त्री र प्रधानमन्त्री बिच दरार रहेको झल्को दिन्छ । यही दरारको असर सेयर बजारमा परेको हुन सक्छ । 

 आज नेप्से ४.६४ अंकले घटेर २६९६.६७ को विन्दुमा झरेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लक्ष्मी उन्नती कोषका इकाईधनीले ९.१० प्रतिशतका दरले कमाएका छन् भने गरिमा समृद्धि योजनाका इकाईधनीले ५.९८ प्रतिशतका दरले कमाएका छन् । कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएको मध्य ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर छ ।