नेप्सेको सिइओका लागि आवेदन आह्वान, कस्तो आवेदन प्रक्रिया र योग्यताको मापदण्ड

विज्ञापन
ncell

आवेदन दिँदा उम्मेदवारले आफ्नो बायोडाटा र शैक्षिक प्रमाणपत्रसँगै नेप्सेलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने स्पष्ट सोचसहितको व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन खुलेको छ ।

अर्थ मन्त्रालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सिइओका लागि दरखास्त आह्वान गरेको हो । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने नेप्सेका सिइओका लागि १५ दिनभित्र तोकएका मापदण्ड र प्रक्रिया पुरा गरि आवेदन दिनुपर्ने छ ।

नेप्से सिइओका लागि नेपाली नागरिकहरू मात्र योग्य हुने व्यवस्था गरिएको हो । अर्थ मन्त्रालयले सोमबार मात्रै वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । सोही समितिको निर्णयअनुसार पहिलो पटक सार्वजसनक सूचना प्रकाशित गरिएको हो । सिइओका इच्छुक उम्मेद्वारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दर्ता गर्नुपर्ने छ । समितिले नेप्से सिइओको छनौट तथा सिफारिस सम्वन्धि कार्यविधि, २०८३ सँगै आवेदन आह्वान गरेको हो ।

आवेदन दिँदा उम्मेदवारले आफ्नो बायोडाटा र शैक्षिक प्रमाणपत्रसँगै नेप्सेलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने स्पष्ट सोचसहितको व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ । उम्मेदवारले ५ हजार रुपैयाँ राजस्व तिरेको भौचरसहित तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना आवेदनका साथ बुझाउनुपर्नेछ । 

सरकारी स्वामित्व अधिक रहेको नेप्से नेपालको एक मात्र धितोपत्र बजार हो । निवर्तमान सिइओ चुडामणि चापागाईँले असार २२ गते राजीनामा दिएपछि भएको रिक्त स्थान पुर्ति गर्न आवेदन माग गरिएको हो । सिइओका लागि आवश्यक शैक्षिक योग्या, अनुभव, चारित्रिक स्थिति, व्यावसायिक कार्ययोजना, मूल्यांकन विधि सबै विषयको जानकारी कार्यविधिमा दिइएको छ । 

यस्तो छ नेप्से सिइओको छनौट तथा सिफारिस सम्वन्धि कार्यविधि, २०८० 

प्रकाशन भएका दस्तावेजहरू

6a68318cd7aff_1785213324.pdf