प्रि ओपन सेसनमा १८ अंक घट्यो नेप्से
सोमबार सो सेसनमा १८.१९ अंक घटेर २७१६.४१ विन्दुमा झरेको छ ।
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से परिसूचक १८ अंक घटेको छ । साताको पहिलो कारोबार दिन सोमबार सो सेसनमा १८.१९ अंक घटेर २७१६.४१ विन्दुमा झरेको छ । सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको ११५ पटकको कारोबारमा ६७ लाख ८९ हजार २५३ रुपैयाँ ४२ पैसाबराबरको १ लाख २४ हजार ४१८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ४२ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.८८ अंक बढेर २७३४.६० विन्दुमा बन्द भएको थियो ।
