सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएन, कतिमा भईरहेको कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य बढेको छ । आज (मंगलबार) सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँ थियो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला चार हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदीको मूल्य प्रतितोला चार हजार ३२० रुपैयाँ थियो ।