बिल लिने संस्कृतिको विकास गर्न चिठ्ठाः दैनिक १ लाख ३३ हजार र १५ दिनमा १० लाख जित्ने अवसर (कार्यविधिसहित)

भ्याट तथा प्यान प्रणालीमा आबद्ध व्यवसायबाट १०० रुपैयाँ बढीको सामान वा सेवा खरिद गरेका उपभोक्ता सहभागी हुन पाउने

लखपति योजनामा भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ता सहभागी हुन पाउँछन् ।

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई प्रभावकारी बनाउन तथा उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहन गर्न ‘लखपति योजना’ अघि सारेको छ ।

योजना अनुसार हरेक दिन एक जना नेपाली लखपति बन्नेछन् भने प्रत्येक महिनामा दुई जनाले बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

लखपति योजनामा भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ता सहभागी हुन पाउँछन् । नगद वा अनलाइन माध्यमबाट गरिएको भुक्तानीको आधिकारिक बिलमा उल्लेख भएको बिल नम्बर नै पुरस्कार छनोटको आधार बन्ने छ ।

यो योजनाका विजेता घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा गिरिने छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वयन गनै लखपति योजना अघि सारिएको हो । त्यसका लागि सरकारले आवश्यक कार्यविधिसमेत तयार गरेको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ सार्वजनिक गरि अर्थ मन्त्रालयले कस्ता बिल लिनेले कसरी पुरस्कार कार्यक्रममा सहभागि हुने भन्ने जानकारी दिएको छ ।

सरकारले उपभोक्तालाई हरेक खरिदमा सक्कली बिल लिन आग्रह गर्दै आएको छ । विशेषगरी होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानबाट सामान वा सेवा खरिद गर्दा सक्कली बिल लिएर सुरक्षित राख्न अर्थ मन्त्रालयले आह्वान गरेको छ । यस कार्यक्रम कार्यान्वयनबाट करको दायरा विस्तार हुनुका साथै कर छलि नियन्त्रण, कारोबारको पारदर्शिता वृद्धि र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास हुने अपेक्षा अर्थ मन्त्रालयले गरेको छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a5f06bf672d4_1784612543.pdf